संघको जीवन्तता र व्यवसायिक हितको नारासहित घरदैलोमा पवन समूह
पाेखरा | भदौ १७, २०७९
पोखरा : भदौँ २४ र २५ गते हुुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनलाई लक्षित गरेर पवन प्रजापति प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । केही दिनयता निरन्तर परिरहेको झरीको समेत प्रवाह नगरि पवन प्रजापतिको नेतृत्वले व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् ।
संघको जीवन्तताः व्यवसाय विकासका लागि अभियन्ता को नारा लिएर उद्योगी व्यवसायीको घरदैलोमा पुगिरहेको यो समूहले काम गरेर देखाउने प्रतिबद्धता समेत जनाएको छ । संघप्रति उद्योगी व्यवसायीहरुको अपनत्व जगाउने गरि आफूहरुले काम गर्ने अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले बताए । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने र पोखरा उद्योग वाणिज्य संघलाई जीवन्त राख्न आवश्यक आर्थिक स्रोत बढाउने काम गर्नु मेरो नेतृत्वको कार्यसमितिको प्राथमिकतामा पर्छन् । प्रजापतिले भने संघ र संघमा आबद्ध उद्योगी व्यसवायीहरुलाई आफ्नो पक्षमा काम गर्ने नेतृत्वलाई निर्वाचित गराउन पनि म आग्रह गर्दछु । साथै प्रजापतिले विशुद्ध उद्योगी व्यवसायीहरुको यो महाधिवेशनलाई राजनीतिक रंग दिन नहुने पनि बताए ।
घरदैलोको क्रममा रहेको पवन प्रजापति र उनको समूहका अन्य पदाधिकारी सदस्यहरुसहितको टोली आज पोखराको न्यूरोड क्षेत्रका उद्योगी व्यवसायीहरुमाझ पुग्दैछ ।
भदौ २४ र २५ गते हुने आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनका लागि पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

